देश पोष्ट/ खोटाङ । राष्ट्रिय भूमि आयोगको कार्यालय खोटाङले हालसम्मको कार्यविवरण सार्वजनिक गरेको छ ।
जिल्ला समन्वय समितिको सभा हलमा आयोगले आज (मङ्गलबार) पत्रकार सम्मेलन गरेर कार्यविवरण सार्वजनिक गरेको हो ।
हालसम्म खोटाङमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरुले जग्गा प्राप्तिका लागि दिएका निवेदन ७७९ वटा सङ्कलन भएको आयोगले जनाएको छ ।
जिल्लाका दशवटै स्थानीय तहबाट भूमिहीन र अव्यवस्थित बसोबासीहरुले भूमि प्राप्तिका लागि निवेदन दिएका थिए ।
जिल्लाभर भूमिहीन सुकुम्बासीमा १४९, भूमिहीन दलितमा ५० र अव्यवस्थित बसोबासीमा ५८० निवेदन रहेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५१ भूमिहीन सुकुम्बासी, १६ भूमिहीन दलित र २०० अव्यवस्थित बसोबासी, हलेसी तुवाचुङ नगरपालिकामा १४ भूमिहीन सुकुम्बासी, आठ भूमिहीन दलित र १४० अव्यवस्थित बसोबासीको निवेदन सङ्कलन भएको हो ।
यस्तै, रावाबेँसी गाउँपालिकामा १५ भूमिहीन सुकुम्बासी र ४२ अव्यवस्थित बसोबासी, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १६ भूमिहीन सुकुम्बासी, ४ भूमिहीन दलित र ५२ अव्यवस्थित बसोबासी, ऐसेलुखर्क गाउँपालिकामा ६ भूमिहीन सुकुम्बासी र ४ भूमिहीन दलित, साकेला गाउँपालिकामा ६ भूमिहीन सुकुम्बासी, ६ भूमिहीन दलित र ६२ अव्यवस्थित बसोबासीको निवेदन सङ्कलन भएको हो ।
खोटेहाङ गाउँपालिकामा ८ भूमिहीन सुकुम्बासी, ६ भूमिहीन दलित र १० अव्यवस्थित बसोबासी, केपिलासगढी गाउँपालिकामा ६ भूमिहीन दलित र ६ अव्यवस्थित बसोबासी, जन्तेढुङ्गा गाउँपालिकामा १५ भूमिहीन सुकुम्बासी र ३१ अव्यवस्थित बसोबासी, बराहपोखरी गाउँपालिकामा १८ भूमिहीन सुकुम्बासी र ३७ अव्यवस्थित बसोबासीको निवेदन सङ्कलन भएको आयोगका सदस्यसचिव मदन खत्रीले बताउनुभयो ।
राष्ट्रिय भूमि आयोगले भदौ-१ गते सूचना प्रकाशन गरेर ३५ दिनभित्र निवेदन दिन सक्ने बताएको थियो । तर, सङ्घ तथा प्रदेशको निर्वाचन मिति घोषणा भएपछि भदौ-२९ गते निवेदन सङ्कलन गर्न रोक लगाइएको थियो भने पुनः मङ्सिर-२८ गतेबाट पुस-२ गतेसम्म गरी दुई चरणमा निवेदन सङ्कलन गरिएको आयोगका सदस्यसचिव खत्रीले बताउनुभयो ।
निवेदन दिने व्यक्तिहरु भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी हो हैन भनेर मालपोत कार्यालयले जाँच गरेर फाइनल गरेपछि उनीहरुलाई भूमि उपलब्ध गराउने काम शुरु हुने भूमि आयोग खोटाङका अध्यक्ष सुरेशकुमार राईले बताउनुभयो ।
पत्रकार सम्मेलनमा जिल्ला समन्वय प्रमुख सनबहादुर राई, नेकाली काँग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, नेकपा एमालेका सचिव कुमार आचार्य, नेकपा (माओवादी केन्द्र) खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’, जनता समाजवादी पार्टीका अध्यक्ष पिके खम्बु, एकीकृत समाजवादीका अध्यक्ष जलशेर राई लगायतको उपस्थिति रहेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]