देश पोष्ट /खोटाङ । प्रदेश नम्बर १ को नाम ‘कोशी’ राख्न प्रस्ताव गरिएको छ । एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक तथा कांग्रेसका भूमिप्रसाद राजवंशी र निरन राई समर्थक रहेको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो ।
प्रदेशसभाका सभामुख बाबुराम गौतमले दिउँसो १ बजेसम्मका लागि नामाकरण प्रस्ताव सचिवालयमा दर्ता गराउन प्रदेश सांसदलाई समय दिनुभएको थियो । पहिलो प्रदेशसभाले थाति राखेर गएको प्रदेश १ को नामकरण आज बुधबार बस्ने प्रदेशसभामा प्रस्ताव गरेर पारित गर्ने कार्यसूची सार्वजनिक गरिएको छ ।
प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखेर संसदमा नामाकरण प्रस्ताव पेश भएको हो । अहिले पनि केही दल कोशी नाममा सहमत छैनन् ।
नेपालको संविधानमा प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश १ मा ९३ जना सांसद छन् । जसमध्ये नामकरणको टुंगो लगाउन दुई तिहाइ ६३ जना सांसद चाहिन्छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]