देश पोष्ट /खोटाङ । कैलालीमा एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव भेटिएको छ ।
कैलारी गाउँपालिका–७ बसन्ताको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव एकै ठाउँमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार बुधबार साँझ ५ बजे उनीहरू दुवै जना सामुदायिक वनको एउटा रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको हुन् ।
उनीहरू दुवै जना छिमेकी हुन् । बालबालिकाहरूले दुवै जना रुखमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयलाई खबर गरेका थिए ।
के कारणले दुबै जना रुखमा झुन्डिएका हुन त्यसवारे केही नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]