देश पोष्ट /खोटाङ । मकवानपुरबाट प्रहरीले अफिमसहित एक युवकलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मनहरीले भान्सा कोठामा लुकाएर राखेको अफिमसहित एक युवकलाई पक्राउ गरेको छ ।
मनहरी-६ का ४० बर्षीय नरमान घिसिङलाई बिहीबार राति ११:४० बजे प्रहरी निरीक्षक कृष्णराज ढकालको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले घिसिङको घरको भान्सा कोठामा कालो झोलामा प्लास्टिकले बेरी लुकाइ राखेको १ किलोग्राम अफिम फेला पारेको हो।
घिसिङलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरीमा राखिएको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]