देश पोष्ट /खोटाङ । खोटाङमा सुतेकै ठाउँमा एक व्यक्ति मृत फेला परेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ मुढेस्थित नेपाली सेनाको भवन निर्माणका लागि आएका सिराहा लौकिया महियानी गाउँपालिका ४० वर्षीय कासिन्दर सदा सुतेकै ठाउँमा मृत भेटिएका छन् ।
दुई तीन दिनदेखि बिरामी परेको, बिहिबार काममा आउन नसकेको सदा शुक्रबार बिहान सुतेकै ठाउँमा मृत फेला परेको हुन् ।
लेवरको काम गर्न आएका सदा मुढेका राजकमार तामाङको घरमा बस्दै आएका थिए ।
घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]