• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

यलम्बर पार्क (उद्यान)को काम ८० प्रतिशत सम्पन्न

२१ फाल्गुन २०७९, आईतवार १३:०१ मा प्रकाशित (6 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • १६१ पटक पढिएको
  • देश पोष्ट /खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान)को काम अन्तिम चरणमा पुगेको छ ।

    किरात ऐतिहासिकस्थल बुइपास्थित पञ्चदोबाटोमा प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संयुक्त रुपमा रु ११ करोड ५८ लाख १६ हजार लागतमा किराती प्रथम राजा यलम्बरको १०० फिट अग्लो शालिक (प्रतिमा)सहितको उद्यान निर्माण काम ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सम्झौताअनुसार निर्माण गर्नुपर्ने भौतिक संरचनाको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीका इञ्जिनियर राजन पुँडासैनीले जानकारी दिनुभयो । आगामी असार मसान्तसम्म सम्पूर्ण काम सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गर्नेगरी निर्माणको कामलाई तीव्रता दिइएको बताइएको छ ।

    निर्माणाधीन यलम्बर पार्कमा आव २०७६/७७ मा नगरपालिकाबाट विनियोजन भएको रु ७२ लाख बजेटबाट प्रवेशद्वार, घेराबार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेष्टुरेण्ट गृह र पसल सञ्चालन गर्ने गृहको भवन लगायतका भौतिक संरचना यसअघि उपभोक्ता समितिमार्फत निर्माण गरिएको थियो ।

    बुइपामा स्थापना गर्न लागिएको यलम्बरको पूर्ण कदको शालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने दाबी गरिएको छ ।चोभारको मञ्जुश्री उद्यान शैलीमा निर्माण सुरु गरिएको पञ्चदोबाटोको यलम्बर उद्यान उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का लिएको हो ।

    पार्कमा राखिने किराती प्रथम यलम्बर राजाको शालिकको कामसमेत अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि एवं तुवाचुङ कन्ट्रक्शन प्रालिका प्रबन्ध निर्देशक सुनिल राईले बताउनुभयो ।

    नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत राखिएको यलम्बर उद्यानको आम्दानी ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेशमा जम्मा गर्नेगरी दुई पक्षीय सम्झौतामा उल्लेख छ । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने बुइपामा निर्माणाधीन यलम्बर पार्क पर्यटकका लागि आवातजावत गर्नसमेत सहज हुने गरी निर्माणस्थल छनोट गरिएको बुइपाका वडाध्यक्ष दिनेश राईले जानकारी दिनुभएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दोस्रो ठूलो व्यापारिक केन्द्र एवं शुक्रबार हटिया लाग्ने ऐतिहासिकस्थल पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर उद्यानको काम करिब रु १४ करोड लागतमा पूरा हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख छ । तीस रोपनी सरकारी जग्गामा निर्माण सुरु गरिएको यलम्बर उद्यान व्यवस्थित तथा आधुनिक किसिमको हुने नगरपालिकाले जनाएको छ ।

    किरात समुदायको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुइपाबजारस्थित पञ्चदोबाटोमा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको शालिकसहितको उद्यान निर्माणको काम सुरु गरिएको निवर्तमान नगरप्रमुख दीपनारायण रिजालले बताउनुभएको छ ।

    आन्तरिक तथा बाह्य पर्यटकबाट शुल्कसमेत लिनेगरी निर्माण सुरु गरिएको यलम्बर उद्यान नगरपालिकाको आम्दानीको स्रोतको रुपमा विकास गर्ने गरी निर्माण सुरु गरिएको हो ।

    आफ्नो क्षेत्रमा किराती समुदायका पहिलो राजा यलम्बरको शालिकसहितको पार्क निर्माण हुने भएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् ।

    हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण सुरु गरिएको सो उद्यानमा हलेसी आउने पर्यटकलाई घुमाउन ल्याउन सकिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑