देश पोष्ट /खोटाङ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुन तोलाको एक लाख पाँच हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार उक्त सुन तोलाको एक लाख चार हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार तेजाबी सुन तोलाको एक लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]