देश पोष्ट /खोटाङ । खोटाङ फुटबल एकेडेमी (केएफए)ले दिक्तेलमा आयोजना गरिएको चौथो सँस्करणको ‘दिक्तेल मेयर कप अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता २०७९’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले हासिल गरेको छ ।
दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आज (मङ्गलबार) भएको फाइनल खेलमा माटीकोरे सामाजिक सेवा समाज दिक्तेललाई ३-१ ले हराउँदै नेर्पाले चौथो सँस्करणको उपाधि चुमेको हो ।
प्रतियोगिताका उपाधि विजेता नेर्पा स्पोर्टस् क्लब नेर्पाले नगद रु एक लाख २५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य भएको माटीकारे सामाजिक सेवा समाजले नगद रु ६२ हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छ ।
प्रतियोगिता अवधिभरका सर्वाधिक गोलकर्ताको उपाधि नेर्पाका बिकी राई, उत्कृष्ठ खेलाडीको उपाधि माटीकोरेका दीपक खत्री, उत्कृष्ठ गोलरक्षकको उपाधि माटीकोरेकै नवीन पोखरेल र उदयमान खेलाडीको उपाधि केएफएका रोहन परियारले प्राप्त गरेका छन् । उनीहरुलाई जनही नगद रु पाँच/पाँच हजारको साथमा गोल्डेन ग्लोब्स, गोल्डेन बल, गोल्डेन सुज र प्रमाणपत्र प्रदान गरिएको आयोजक केएफएका अध्यक्ष नूरकाजी सैंजुले जानकारी दिनुभएको छ ।
विजयी टिम र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले नगद तथा पुरस्कार हस्तान्तरण गर्नुभएको छ । यही फागुन-२७ गतेबाट सञ्चालन भएको प्रतियोगितामा जिल्ला आठवटा क्लबले सहभागिता जनाएको आयोजक केएफएका प्रशिक्षण विभाग प्रमुख एवम् कोषाध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिनुभयो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]