देश पोष्ट /खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका सचिव टोपबहादुर रायमाझीले जोक्करको हातमा देश परेको बताएका छन् । एमाले जिल्ला कमिटी खोटाङद्वारा आयोजित मिसन ग्रासरुटकार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रायाझिले तासको जोगर लगाए बाझी हुन्छ । तर, मान्छे जोकर भए देश वर्वाद हुन्छ भन्दै प्रचण्डप्रती कटाकक्ष गरेका हुन् ।
उनले एमसिसी पास गर्ने यीनै हुन ।अहिले यसपिपी र नागरिक्ता विधेयक पास गर्न यो दस दलको गठबन्धन बनेको हो। यो राष्ट्र हितका लागि छैन । देश गम्भीर सङ्गकट तिर जाँदै छ । यसको नेपाली जनता एक भएर प्रतिकार गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “गठबन्धन सरकारको आयु लामो छैन लोभी पापीहरुको टिम छ । यो छोटो समयमा टुट्ने छ। देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु लागेर एमाले सिध्याउन खोज्दा पनि नसकेर पाँच दलबाट दस दल बनाएका हुन यसको कुनै अर्थ छैन । पाँचदलसँग एमाले एक्दै चुनावी प्रतिस्पर्धा गर्दा पनि मतको हिसाले पपुलर मतले एमाले पहिले पार्टी बनेको हो। हामी यसकारण राष्ट्रघाती शक्तिहरुसँग कुनै पनि साठगाठ गर्दैनौं ।”
एमाले भित्रपनी कमि-कमजोरी छन, सच्याएर जानूको विकल्प नरहेको र निर्वाचनमा अन्तरघात गर्नेलाई कार्वाही गर्ने ,आगामी निर्वाचनमा एकाउन्न प्रतिशत जनता एमाले बनाउने लक्ष्यले देशैभर मिसन ग्रासरुट अभियान संचालन गरिराखेका समेत बताउनुभयो ।
कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इन्चार्ज राजेन्द्र गौतम, केन्द्रीय सदस्य मानविर राई, पर्शुराम अधिकारी ,एमाले कोशी प्रदेशका अध्यक्ष तुलसी न्यौपाने लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
मिसन ग्रासरुट जिल्लाको दस वटै स्थानीय तहमा संचालन भै रहेको र आगामी वैशाख नौ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा समापन गरिने पार्टी अध्यक्ष रामप्रसाद दंगालले बताउनुभएको छ ।
मिसन ग्रासरुट अभियान अन्तरगत जनताको घर-घरमा जाने पार्टी सदस्यता नविकरण गर्ने, जनवर्गीय सङ्गठनहरुका अधिवेशन गर्ने, टोल वडामा कमिटि गठन गर्ने , पार्टीका नीति तथा कार्यक्रमका बारेमा प्रशिक्षण दिने लगायतका कामहरु भईरहेको अध्यक्ष दंगालले बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रेम खनाल पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]