देश पोष्ट /खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई गाउँपालिका राष्ट्रिय महासङ्घ कोशी प्रदेश कार्यसमिति सदस्यमा चयन हुनुभएको छ ।
बिराटनगरमा मङ्गलबार सम्पन्न महासङ्घको दोस्रो अधिवशेनले राईलाई सर्वसम्मत सदस्यमा चयन गरेको हो ।
गाउँपालिका अध्यक्ष राई नेकपा एमाले खोटाङका सचिवालय सदस्य हुनुहुन्छ ।
राजनीतिक भागबण्डाको आधारमा चयन गरिने गाउँपालिका राष्ट्रिय महासङ्घको अन्य पदाधिकारी चयन गर्न बाँकी रहेको जनाइएको छ । नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्षसहित दश सदस्य, नेकपा एमालेले सचिव र सहसचिवसहित सात सदस्य र नेकपा (माओवादी केन्द्र)ले कोषाध्यक्षसहित तीन सदस्य र नेकपा (एकीकृत समाजवादी)ले एक सदस्य प्राप्त गर्नेछन् ।
महाधिवेशनले पाँच पदाधिकारीसहित २१ सदस्यीय कार्यसमिति चयन गर्ने जनाइएको छ । महाधिवेशनमा कोशी प्रदेशका ८८ गाउँपालिकाका प्रमुखहरु सहभागी भएका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]