देश पोष्ट /खोटाङ। मोरङमा २३४ किलो गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउँसो रंगेली नगरपालिका वडा नं–२ स्थित चेका खोलाबाट गाँजा बरामद भएको हो ।
भारतको अररिया जिल्लास्थित ठिङ्गापुर पञ्चायतका दीपक झा र सिन्टुक कुमार सिँहले ल्याउँदै गरेको १५० किलो गाँजा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहिवरियातीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो
थप गाँजा रंगेली नगरपालिका वडा नम्बर ३ स्थित वीर बहादुर कार्कीको घरमा लुकाउने गरेको खुल्नेपछि उनीसहित प्रवीण पासवान र विष्णु कान्त मिश्रलाई समेत पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । सो घरबाट थप ८४ किलो गाँजा भेटिएको प्रहरीको भनाइ छ ।
घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]