देश पोष्ट /काठमाण्डौं । आज मिति २०७९ चैत १७ गते, शुक्रवार, ३१ मार्च २०२३ बिश्वकर्मा बाबाको दर्शन गरि तपाइको राशिफल हेर्नुहोस् ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन् । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अग्रज तथा सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन् । कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल पाइनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरूले सम्झौता गर्न सक्छन् ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
कर्मयोगबाट मनग्य आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ । बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ । कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन् ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । पहिलेको सफलताले हौसला प्रदान गर्नेछ । बिछोडिएका आफन्तसँग पनि भेटघाट हुनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आज लक्ष्मीको कृपा प्राप्त हुनाले मनग्य धन लाभ हुनेछ । व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । अध्ययनमा राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने समय छ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
कर्मका प्रेरक र सहयोगी बढ्नाले कर्मसाधना सिद्ध हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन् । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । अस्वस्थताले काममा जुट्न नसकिएला । सामान्य काममा धन र श्रम खर्च हुनेछ । गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ । सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सुझबुझका साथ काम लिनुहोला । योजनाबिनै यात्रा गर्नुपर्ने आवश्यकता पर्न सक्छ । आम्दानी राम्रो भए पनि सुविधाका लागि खर्च बढ्न सक्छ । वादविवादमा अघि नसर्नुहोला ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
चुनौती अँगाल्नुपरे पनि प्रतिस्पर्धाले भविष्यको बाटो देखाउनेछ । आँट र पराक्रमले काममा सफलता प्राप्त हुनेछ । चुनौती पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्यगत कमजोरीले काममा विलम्ब हुन सक्छ । अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ । प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ । समस्या दर्साउँदा अभिभावक तथा शुभचिन्तकहरूले साथ दिनेछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]