देश पोष्ट /खोटाङ । खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी राजनप्रसाद आचार्य निर्वाचित भएका छन् ।
आचार्यले कांग्रेस निकट समुन्द्रप्रसाद जोशीलाई १९६ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेकपा एस निकटका आचार्य ३३४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा जोशीले १३८ मत ल्याएका थिए ।
महासचिवमा स्वतन्त्र उम्मेदवार अजय बस्नेत निर्वाचित भएका छन् ।माओवादी केन्द्रनिकट सुमन श्रेष्ठलाई २१८ मतले पछि पार्दै युवा व्यवसायी बस्नेत निर्वाचित भएका हुन् । बस्नेतले ३४१ मत ल्याउ उनका निकटतम प्रतिद्धन्दी श्रेष्ठ १२३ मत ल्याएका थिए ।
कोषाध्यक्षमा कांग्रेस निकट युधिर शाक्य निर्वाचित भएका छन् । नेकपा एस निकटका नेत्र कट्वाललाई ७१ मतले पछी पारेर शाक्य विजयी भएका हुन् । शाक्यले २६० मत पाए भने कटवाल १८९ मतमा ल्याएका थिए ।
पराजित जोशीको प्यानलबाट सदस्यमा कुमार बजिमय ३७१, कृष्णकुमार श्रेष्ठ (मणि) २७८, टंकप्रसाद आचार्य ३०३, रोशन शैंजु ३१३, विपिन श्रेष्ठ २७७, हिरालाल पुरी २७२ मत ल्याएर सदस्यमा निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष आचार्यको प्यानलबाट एकजना कैलाश भट्टराईले २५२ मत ल्याई निर्वाचित भएका छन् ।
वाणिज्य संघको नेतृत्व चयनका लागि ६७१ मतदाता थिए । तर, मत भने ४८० मात्रै खसेको थियो ।
बरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्धितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का, महिला सदस्यमा गोपीमायाँ आचार्य, महिला सदस्य रेनुका पोखरेल र विमला राई निर्विरोध चयन भएका छन् ।
१७ जना निर्वाचित, २ जना मनोनित र निवर्तमान अध्यक्षसहित संघमा २० जनाको कार्य समिति हुने प्रावधान रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]