देश पोष्ट /खोटाङ । माल्टा पठाउने नाममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका दिपेश राई एजेन्टबाट ठगिएका छन् ।
माल्टा पठाउने नाममा जुम्लाको हिमा गाउँपालिका–५ कालिकाखेतु, कमालीका धमेन्द्र शाहीले दुई लाख लिएर ठगी गरेका हुन् ।
माल्टा पठाउने भन्दै दुई लाख लिएका शाहीले नौ महिना बित्दासमेत विदेश नपठाएको बताइएको छ ।
माल्टा पठाउने भनेपछि दिपेशकी आमा प्रमिला राईले २०७९ असार १३ गते शाहीको नाममा दुई लाख १० हजार जम्मा गरिदिएकी थिईन् । विदेश पठाउन नसकेपछि पैसा फिर्ता माग्दा शाहीले पटक–पटक भाका राख्दै ढाँट्ने गरेका छन् ।
भनेको समयभित्र माल्टा पठाउन नसकेपछि पैसा फिर्ता माग्दा शाहीले मंसिरमा निकाल्न मिल्नेगरी २०७९ साउन २४ गते माछापुछ्रे बैंकको दुई लाखको चेक दिएका थिए तर झिक्न जाँदा खातामा कहिल्यै पैसा नभएको पिडित परिवारले बताएका छन् ।
फोन गर्दा भाका राखेकोराख्यै गर्ने वा फोन नउठाउने गरेको राईले बताए । पैसा फिर्ताका लागि कानुनी प्रकृया अपनाउने तयारी गरिएको पिडित परिवारले बताएका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]