देश पोष्ट /काठमाण्डौं । जापानको तोचिगी प्रान्तबाट सञ्चालित रेडियो मियाका नेपाली भाषि रेडियो पत्रकार सन्तोष घिमिरेको “के पिर मायामा” म्युजिक भिडियो बजारमा सार्बजनिक भएको छ ।
पछिल्लो समय ७ बर्ष पछी नेपालको गृह जिल्ला नवलपरासी आउनु भएको घिमिरेले ठट्याैली लोक दोहोरी म्युजिक भिडियो सार्बजनिक गर्नुभएको हो । बुटवलको वन बाटिकामा छायांकन गरिएको ८ मिनेट ११ सेकेन्डको गीतमा सुस्मिता क्षेत्री र नुमनाथ न्यौपानेको स्वर,लिरिक्स बिशाल क्षेत्री,शब्द संकलन खेमराज पौडेल,एरेन्जर यम थापा मगर, निर्देशन तथा इडिट दिपक श्रेष्ठ र रेर्कडिष्ट बिमल चिनाल ले गर्नु भएको छ भने निहारिका फिल्म्सले उत्पादन गरेकाे हाे।
म्युजिक भिडियोमा कलाकार रुबिना अधिकारी,सहिर के.सी.सन्तोष घिमिरे,हास्य कलाकार उज्वल गिरी,सुजता गौतम घिमिरे,रमेश अर्याल,प्रमिला कंडेल अर्यालको अभिनय रहेको भिडियाेकाे छायाँकन दिपान्सु श्रेष्ठले गरेका छन् ।
नेपालको कला, कौसल र प्राकृतिक सोन्दर्यलाई म्युजिक भिडियोको माध्यमबाट बिश्वसामु पुर्याउन आँफुले कोशिस स्वरुप उक्त म्युजिक भिडियोको निर्माण गरेको पत्रकार घिमिरेको भनाई रहेको छ ।
जापान बाट नेपाल आएको बेला नेपालको कोशेली स्वरुप म्युजिक भिडियो निर्माण गरेर जापान बाट सार्बजनिक गरेको भिडियोको सम्पूर्ण लगानी पत्रकार घिमिरेको रहेको जानकारी प्राप्त भएको छ ।
जापानमा बसेर नेपालीहरुका लागि सामाजिक क्षेत्रमा योगदान पुर्याउदै आउनु भएको घिमिरे एन.आर.एन.ए. जापान तोचिगी क्षेत्रको उप संयोजक समेत रहनु भएको छ ।
जापानको तोचिगी प्रान्तकाे उचुनाेमिया शहर बाट सञ्चालित सामुदायिक रेडियो मिया रेडियो बाट नेपाली भाषामा सूचनामुलक सामग्री सञ्चालन गरि बिभिन्न हिषाबले जापानमा बसोबास गर्ने नेपालीहरुलाई सूचनाको पहुँचमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आउनु भएको घिमिरेको यो पहिलो म्युजिक भिडियो हो । उक्त म्युजिक भिडियो यहाँ क्लीक गरि हेर्नुहोस् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]