देश पोष्ट /खोटाङ । खोटाङमा बिरामी बोकेको महेन्द्र पिकअप बोलेरो दुर्घटना हुँदा तीन जना गम्भीर घाईते भएका छन्।
आइतबार ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीको सानोडुम्रेस्थित मयुर आधारभुत विद्यालयबाट राखालीपुलतर्फ जाँदै गरेको को १ च ९४९३ नम्बरको बोलेरो दुर्घटना हुँदा सोही ठाउँका पदममायाँ राई, जयकुमार राई र डोलकुमार राई गम्भीर घाईते भएका हुन्।
गम्भीर घाइतेलाई हेलीकप्टर मार्फत उपचारको लागि काठ्माडौं पठाइएको बताइएको छ ।
बिरामी भएकी पदममायाँलाई उपचारका लागि सोलुखुम्बुतर्फ लैजाने क्रममा अनियन्त्रित भएको बोलेरो सडकबाट करिब २० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ।
दुर्घटनामा नगेन्द्र राई, प्रेमबहादुर सुवेदी र ऐसेलुखर्क गाउँपालिका–१ राखाका जयकुमार राई सामान्य घाईते भएका छन्।
उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार भइरहेको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]