देश पोष्ट /खोटाङ ।चितवनमा कोरोना भारसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ।
कोरोनाबाट भरतपुर महानगरपालिका-१० का ६४ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ कार्यालय चितवनले जनाएको छ।
स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा भर्ना भएका वृद्धमा कोरोना संक्रमण देखिएको थियो।
चितवनमा अहिले १० जना सक्रिय सङ्क्रमित छन्। स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा आठ, रत्ननगर र कालिका नगरपालिकामा एक/एक संक्रमित छन्।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]