देश पोष्ट /काठमाण्डौं । मोरङका दुई वटा स्थानीयतहरु मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालीकाका कर्मचारीहरु बिच मिक्लाजुङमा भएको मैत्रीपुर्ण फुटबल खेलमा मिक्लाजुङ गाउँपालिका बिजयी भएको छ ।
मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको रेषम खेतीको खेल मैदानमा भएकै मैत्रीपुर्ण खेलमा मिक्लाजुङले लेटाङलाई ३–१ अन्तरले हरायो ।
मिक्लाजुङका लागि सुनील माखीम, सागर राई र मिलन राईले एक एक गोल गर्नु भएको थियो । यस्तै लेटाङका लागी बल बाहदुर राईले एक गोल गर्नु भएको थियो । खेल निक्कै आक्रामक र प्रतिशपार्धात्मक रुपमा चलेको थियो ।
लेटाङ नगरपालिकाले केही राम्रा अवसरहरु पाए पनी बलले जाली चुम्न सकेन । मैत्रीपुर्ण खेलको उद्घाटन मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुुमार राईले खेलका एम्पायर सायल राईलाई बल दिएर गर्नु भएको थियो ।
स्थानीय तहका कर्मचारीहरु बिच हुने यस प्रकारका मैत्रीपुण खेलले एक आपसमा मित्रता र सदभाव विकास हुने मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले बताउनु भयो ।
मिक्लजुङमा दुई स्थानीय तहका कर्मचारीहरु बिच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगिताले दुई स्थानीय तह बिचको आपसी भावनात्मक सम्बन्ध थप प्रगाड हुने लेटाङ नगरपालिकाका मेयर भुपेन्द्र लावतीले बताउनु भयो ।
मिक्लाजुङको निमान्त्रणलाई स्विकार गर्दै लेटाङ नगरपालीकाका कर्मचारी टिम आएर मैत्रीपुर्ण खेल खेलीदिनु लेटाङ नगरपालीका परिवारलाई मिक्लाजुङ गाउँपालिकाको तर्फबाट लेखा अधिकृत शुशिल बास्तोलाले धन्यबाद ज्ञापान गर्नु भयो ।
मैत्रीपुर्ण खेलमा मिक्लाजुङ गाउँपालिका १, २, ४, ६,७ र ९ का वडाध्यक्षहरु, पर्वत राइ, बलबहादुर श्रेष्ठ, बिशाल राई, खडी मगर , शुशिलराज चौहान र शेमन्तराज दाहाल, मिक्लाजुङ गाउँपालिकाका कर्मचारीहरु, लेटाङ नगरपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]