देश पोष्ट/ खोटाङ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]