देश पोष्ट/ खोटाङ । मोरङको मिक्लाजुङ गाउँपालिका–३ मा एक बालिकालाई कुटपिट गरेको आरोपमा १३ बालिका पक्राउ परेका छन् ।
कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिकालाई विद्यालयभित्र नै कुटपिट गर्ने १३ बालिकालाई प्रहरीले पक्राउ गरेको हो ।
बैशाख ६ गते उनीहरूले संगठित रुपमा बालिकालाई कुटपिट गरेको र भिडियोसमेत बनाई सामाजिक सञ्जालमा पोष्ट गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।
घटनामा घाइते भएकी बालिकाको बि एण्ड सि अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।
पक्राउ परेका बालिकाहरूलाई ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]