• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sun, 28, May, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / मनाेरञ्जन

खोटाङमा औलो संम्भावित क्षेत्रमा औलो रोगको परीक्षण

१४ बैशाख २०८०, बिहीबार ११:५६ मा प्रकाशित (1 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ५७ पटक पढिएको
  • देश पोष्ट/ खोटाङ । खोटाङमा औलो संम्भावित क्षेत्रमा औलो रोगको परीक्षण गरिएको छ । विश्व औलो दिवसको अवसरमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको खोला तथा नदी किनारमा बसोबास गर्ने नागरिकहरुमा औलो भए/नभएको परीक्षण गरिएको हो ।

    जिल्ला स्वास्थ्य कार्यालयको आयोजना तथा सम्बन्धित नगरपालिकाको सहयोगमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको जयरामघाटस्थित दुधकोशी आधारभूत विद्यालयमा १६ जना पुरुष र २२ जना महिलाको आरडीटी प्रविधिबाट औलो परिक्षण गर्दा सबैको नतिजा नेगेटिभ देखिएकोे हो।

    जयरामघाटमा औंलो परिक्षण गर्नुअघि स्वास्थ्य कार्यालयका प्रमुख पुन्यप्रसाद सिग्देल, कार्यक्रम संयोजक चौलागाई, हलेसी तुवाचुङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठी, स्वास्थ्य संयोजक प्रकाश घिमिरे, जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयहरुको र्‍याली निकालिएको थियो ।

    औलो रोगबाट बच्ने उपायका बारेमा स्वास्थ्य कार्यालयका प्रमुख सिग्देल, कार्यक्रम संयोजक चौलागाईले स्थानीय नागरिकलाई जनचेतना दिएका थिए । साथै, बैशाख महिना खोपको महिना भएकाले १६ महिनादेखि ५९ महिनासम्मका खोप छुटेका बालबालिकाहरुलाई नजिकैको स्वास्थ्य संस्थामा गएर खोप दिलाउन समेत जिल्लाबासीलाई आग्रह गरिएको थियो ।

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको तापाखेला आसपास साबालुङ गाउँमा १७ जना महिला र १२ जना पुरुषको औलो रोग परिक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएकोे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले जानकारी दिए ।

    ‘शुन्य औलो अबको थालनी, नवीनतम कार्य कार्यान्वयनमा लगानी’ नाराका साथमा मंगलबार विभिन्न कार्यक्रम गरी विश्व औलो दिवस मनाईएको थियो । पोथी एनफिलिज लामखुट्टेको टोकाईबाट औलो लाग्ने गर्दछ । औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन् । यो रोगले गम्भीर रूप लिएमा छाला पहेंलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ ।

    औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गरेर लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधिहरू छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ

     

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्दै

    सुर्यदेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रश्नको जवाफ दिने

    युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको कर्जा नतिरेपछि

    बिश्वकर्मा बाबाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    गोरखाको माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    १५ औं गणतन्त्र दिवस

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    बलात्कार

    फरार बलात्कार आरोपी पक्राउ

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : पूर्ण खोप सुनिश्चितता नगर घोषणा

    कोरोना खोप

    खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप जेठ–५ बाट लगाइने

    सम्बन्धित खबरहरु

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    फरार बलात्कार आरोपी पक्राउ

    पूर्ब विद्यार्थी एकता समाज भक्तपुरद्धारा ६ जनालाई सम्मान ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : पूर्ण खोप सुनिश्चितता नगर घोषणा

    हलेसी तुवाचुङका आमा समुहलाई कपास प्रशोधन मेसिन हस्तान्तरण

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑