• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sun, 28, May, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / स्वास्थ्य/शिक्षा

अबैध रुपमा सञ्चालित प्याथमाइण्ड् डाइग्नोष्टिक जनस्वास्थ्य प्रयोगशालाको मनपरी धन्दा

१५ बैशाख २०८०, शुक्रबार १४:०१ मा प्रकाशित (1 महिना अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • ४५१ पटक पढिएको
  • देश पोष्ट /काठमाडौं । महानगरपािलकाको वडा नं. ९ सिनामंगलमा प्याथमाइण्ड् डाइग्नोष्टिक केयर प्रालिले वर्षौंदेखि अवैध रूपमा गैरकानूनी धन्दा चलाइरहेको पाइएको छ ।

    २०७६ सालमा कम्पनी रजिस्ट्रारमा दर्ता भएको उक्त प्याथमाइण्डस् डाइग्नोष्टिकले ल्याबोरेटरी नियामक निकाय नेपाल जनस्वास्थ्य प्रयोगशालामा कुनै पनि प्रकारको सम्बन्धन बिना नै ल्याबोरेटरी लगायतका मेडिकल सेवा प्रदान गर्दै आइरहेको पाइएको हो ।

    प्राप्त जानकारी अनुसार २०७७ साउन ४ गते जनस्वास्थ्य प्रयोगशालाको मापदण्ड बेगर नै ल्याब परीक्षण गरेको पाइएको छ । एक ४८ वर्षीय महिलाको थाइराइडसम्बन्धी ल्याब परीक्षणका क्रममा इन्टरप्रेड डाइग्नोष्टिक सेन्टर थापाथलीले रिफर गरेर प्याथमाइण्ड्सले अवैध रिपोर्ट तयार गरेर पठाएको पाइएको छ ।

    उक्त ल्याब रिपोर्टमा डा. आभास कोइरालाको समेत संलग्नता देखिन्छ । ल्याब टेक्नोलोजिष्ट सुजाता कक्षपति र राजिव खड्कीले परीक्षण गरेका छन् । अवैध रूपमा सञ्चालन भइरहेको संस्थामा डाक्टर र ल्याब टेक्निसियनहरुको संलग्नता समेत शंकास्पद देखिन्छ ।

    कोरोना महामारीको समयमा समेत अवैध रूपमा सेवा सञ्चालन गरेको ल्याबले जनताको स्वास्थ्यमाथि कसरी खेलबाड कति धेरै भन्ने कल्पना गर्न समेत सकिँदैन । लगातार कम्पनीले यस्ता प्रकारका गम्भीर ल्याब परीक्षणका रिपोर्टहरू अवैध रूपमा बनाउने गरेको पाइएको हो ।

    अचम्मको कुरा त के छ भने प्याथमाइण्ड् डाइग्नोष्टिक अवैध रहेको जान्दाजान्दै थापाथलीस्थित इन्टरप्रेड डाइग्नोष्टिक सेन्टरले रिफर गर्ने गरेको छ । प्याथमाइण्ड् डाइग्नोष्टिकले सार्वजनिक रूपमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी नजिकै खुलेआम होडिङ बोर्ड नै राखेर अवैध सेवा सञ्चालन गरिरहेको छ । उक्त कम्पनीले ल्याब सेवा मात्र होइन डाक्टर अपोइन्टमेण्ट र रिसर्च लगायतका धन्दाहरू समेत अवैध रूपमा चलाउँदै आएको छ ।

    आफूलाई बी क्याटगोरीको ल्याब दाबी गर्ने कम्पनी हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सूचीमा दर्ता भएको छैन । वर्षौदेखि अवैध रूपमा आम नागरिकको स्वास्थ्यमा अवैध र मापदण्ड बेगर प्याथमाइण्डस्ले जनताको जीवनमा खेलबाड गरिरहेको छ ।

    कम्पनीका सञ्चालकहरू समेत शंकास्पद देखिएका छन् । सञ्चालकमध्येका कपिलमणि आचार्य, जीवन परियार, शिवम रिजाल र अर्का ओम भन्ने व्यक्ति रहेको बुझिएको छ । यद्यपि उनीहरू कसैले पनि आफूहरू संस्थाको लगानीकर्ता र सञ्चालक स्वीकार्न हिचकिचाउँछन् । कतिपयले कम्पनीबाट आफू राजीनामा दिएर बसेको बताउँछन् भने कतिपयले आफूलाई आधिकारिक व्यक्ति नरहेको दाबी गर्छन् ।

    नागरिकको स्वास्थ्य जस्ता व्यवसायमा किन गैरकानूनी काम गरिन्छ रु सञ्चालक भनिएका जीवन परियार भन्छन्, हामी दर्ताको प्रक्रियामा छौँ, केही दिनमै यो प्रकृया सक्छौँ ।

    ०४–१२–२०७७ मा जारी गरिएको ल्याब रिपोर्टमा पनि डाक्टरको हस्ताक्षर छैन, त्यसबेलादेखि अहिलेसम्म प्रक्रिया सुरु नगर्नुको कारण सोध्दा परियार कोभिडका कारण ढिलाइ भएको बताए भने, थप केही भन्न चाहेनन् ।

    यसमा नेपाल जनस्वास्थ्य प्रयोगशालाले आँखा चिम्लिएको पाइएको छ । राजधानीको मुटुमा वर्षौदेखि अवैध धन्दा चलाइरहेको ल्याबलाई बिना कुनै अनुमति जनताको जीवनमाथि चरम खेलबाड गरिरहँदा पनि जनस्वास्थ्य प्रयोगशाला प्रमुख रुणा झाले उल्टै ल्याबको अनुमतिका लागि बिना रोकतोक प्रक्रिया समेत अघि बढाइरहेकी जानकारीमा आएको छ ।

    जनताको जीवनमाथि चरम खेलबाड गरेको प्याथमाइण्ड् डाइग्नोष्टिकलाई खुलेआम सरकारको संरक्षण गरेको देखिन्छ । नियामक निकाय नै अवैध ल्याबप्रति आँखा चिम्लेर बस्दा जनताको जीवनप्रति राज्य कति गैरजिम्मेवार छ भन्ने पुष्टि हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्दै

    सुर्यदेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रश्नको जवाफ दिने

    युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको कर्जा नतिरेपछि

    बिश्वकर्मा बाबाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    गोरखाको माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    १५ औं गणतन्त्र दिवस

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    बलात्कार

    फरार बलात्कार आरोपी पक्राउ

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : पूर्ण खोप सुनिश्चितता नगर घोषणा

    कोरोना खोप

    खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप जेठ–५ बाट लगाइने

    सम्बन्धित खबरहरु

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    फरार बलात्कार आरोपी पक्राउ

    पूर्ब विद्यार्थी एकता समाज भक्तपुरद्धारा ६ जनालाई सम्मान ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : पूर्ण खोप सुनिश्चितता नगर घोषणा

    हलेसी तुवाचुङका आमा समुहलाई कपास प्रशोधन मेसिन हस्तान्तरण

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑