देश पोष्ट /खोटाङ ।खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । सगरमाथा राजमार्गले छोएको तथा जिल्लाकै दोस्रो ठूलो वडा राजापानीका स्थानीय बासिन्दालाई शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।
अस्थायी प्रहरी चौकी राजापानीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सातजनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताउनुभयो । राजापानीस्थित वडा कार्यालय नजिकै रहेको वडाकै पूरानो भवनमा स्थापना गरिएको प्रहरी चौकी बुधबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई रिबन काटेर उद्घाटन गर्नुभएको छ ।
राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै यहाँका नागरिकले शान्ति सुरक्षा महसुश गर्नुका साथै ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण हुने विश्वास गरिएको वडा अध्यक्ष अनिष कार्कीले बताउनुभयो ।
अस्थायी प्रहरी चौकी स्थापना कार्यक्रममा साहयक प्रमुख जिल्ला अधिकारी पबित्र प्रकाश शाह, जिल्ला प्रहरी कार्यालयका खोटाङ प्रहरी प्रमुख डिएसपी मञ्जिल मुकारुङ र सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म खोटाङका गुल्मपति कृष्णबहादुर बम लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]