देश पोष्ट /खोटाङ । सिरहको गोलबजारबाट करिब १४ केजी लागूऔषध गाँजासहित दुई युवक पक्राउ गरेको छ । प्रहरीले गोलबजार नगरपालिका ४ शिवमन्दिर नजिकबाट १३ केजी ८४० ग्राम गाँजासहित गोलबजार १ मुक्सारका २६ वर्षीय महेन्द्र साह र वडा नम्बर २ का ३६ वर्षीय श्यामकुमार साहलाई पक्राउ गरेको हो।
विशेष सुचनाको आधारमा गोलबजार ४ शिवचौक नजिक पार्किङ गरिराखेको प्र. २–०१–००२ ह. ०२९८ नम्बरको अटोमा लुकाइछिपाई राखेको ५ किलो ८४० ग्राम गाँजासहित महेन्द्र साह र प्र. २–०१–००१ ह. १०५६ नम्बरको अटोमा लुकाइछिपाई राखेको ८ किलो गाँजासहित श्यामकुमार साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]