देश पोष्ट /खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ ।
नगरपालिकाभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा भएसँगै नगरपालिकालाई बिहीबार औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।
नेपाल सरकारले निःशुल्क प्रदान गर्ने सबै मात्राको खोप नगरपालिकाका १५ वटै वडाका ३८४ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाएको नगर स्वास्थ्य शाखा प्रमुख मोहनकुमार राउतले बताउनुभयो ।
नगरपालिकाभित्रका सबै बालबालिकाले खोप लगाएको सुनिश्चितता भएपछि स्वास्थ्य कार्यालय खोटाङले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्रसमेत प्रदान गरेको छ ।
आगामि वर्षमा पनि सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने, कसैलाई नछुटाउने प्रतिबद्धतासहित हस्ताक्षर गरिएको छ ।
कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याएका सबै वडाका स्वास्थ्यकर्मी र नगरपालिकाका दुईजना महिला स्वास्थ्य स्वयम्सेविकालाई समेत प्रशंसापत्रसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।।
दश स्थानीय तह रहेको खोटाङ जिल्लालाई वि.सं. २०७४ पुस–१४ गते ३१ औँ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो । वि.सं. २०७४ साल पश्चात हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिँदै आएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]