देश पोष्ट /खोटाङ ।बाल यौन दुर्व्यवहारको आरोपमा ओखलढुंगा मोलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख विनोद कटुवाल पक्राउ परेका छन्। पीडितको उजुरीका आधारमा कटुवाललाई प्रहरीले पक्राउ गरेको हो।
कटुवालमाथि सुनकोसी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको आरोप छ।
बालिकाका आफन्तले कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका ओखलढुंगाले जनाएको छ । कटुवाल केही दिनदेखि फरार थिए।
कटुवालले आफ्नै घरमा काम गर्न बोलाएर उक्त बालिकालाई १७ मंसिरमा अश्लील भिडियो सामाग्री देखाई बाल यौन दुर्व्यवहार गरेको आरोप छ।
ओखलढुंगा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]