देश पोष्ट /खोटाङ । रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या भएको छ । गौर नगरपालिका–७ सिसवा गाउँमा गएराति छुरा प्रहार गरी ५० वर्षीय यार महमद खानको हत्या गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी शेख साविरसित खानको झगडा भएको र सो क्रममा साविरले खानको छातीमा छुरा प्रहार गरेका थिए । घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
छुरा प्रहारी गरी साविर भने फरार भएका छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]