देश पोष्ट /खोटाङ । खोटाङमा एक फरार बलात्कार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी २० वर्षीया युवतीलाई गोठाला जाँदा जबर्जस्ती बलात्कार गरी फरार रहेका सोही ठाउँका २९ वर्षीय प्रतापजंग राईलाई प्रहरीले पक्राउ गरेको हो ।
१८ बैशाखको बिहान अन्दाजी ११ बजे बाख्रा चराउन गएकी युवतीलाई अन्दाजी अपरान्ह १ वजे निर्मलीडाँडाको जोरअंगेरी जंगलमा पात्ले झार्न जाने बहानामा ओडारमा लगेर जबर्जस्ती बलात्कार गरेर फरार थिए ।
प्रहरीले राईलाई लुकीछिपी रहेको अवस्थामा केपिलासगढी गाउँपालिका–१ फेदीबाट बिहीबार पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्त विरुद्ध जिल्ला अदालतबाट शुक्रबार सात दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले बताउनुभयो ।
।
जबर्जस्तीपछि मार्ने नियतले घाँटी थिची ज्यान मार्ने प्रयत्न समेत गरी मरानासन्न अवस्थामा पुर्याएको थियोे । उपचारपछि युवती डिस्चार्ज भईसकेको आफन्तले बताएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]