देश पोष्ट /खोटाङ । खोटाङमा ट्याक्टर दुर्घटनामा परि प्रअको मृत्यु भएको छ । बालुवा ओसार्न सुनकोसी जाँदै गरेको को २ त ४६७६ नम्बरको ट्याक्टरबाट खसेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रअ मकरध्वज राईको किचिएर मृत्यु भएको हो ।
विद्यालय बन्द भएपछि घर फर्कनेक्रममा आइतबार बाहुनीडाँडाकै झाप्पाबाट घर बनाउने बालुवा लिन कुर्लेघाट जाँदै गरेको ट्याक्टर भेटेपछि प्रअ राई सुँगुरको चारो लिनका लागि सोही ट्याक्टरमा चढेर कुर्लेघाट झरेका थिए ।
कुर्लेघाटबाट फर्नेक्रममा साँझ रुपसे आइपुगेपछि ट्याक्टरबाट खसेका प्रअ राईको पछाडिको पांग्राले टाउकोमा किच्दा घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]