देश पोष्ट/ काठमाण्डौं । आज मिति २०८० जेठ १० गते, बुधवार, २४ मे २०२३ पुर्वको साक्षत माता पाथीभराको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनेछ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । तत्काल फाइदा नहुने काममा समय बित्नेछ । रोकिएको काम सम्पादन हुनेछ । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । छोटो समयमा उपलब्धि हातलागी हुनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
मान–सम्मान पाइने समय छ । बोलीको भरमा चिताएको काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ । आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ । समयको प्रतिकूलताले काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन् ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ । नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ । परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। पछिका लागि लगानी गर्न सकिनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । व्यापार बढ्नेछ। कृषि, पशुपालन तथा पेसा–व्यवसायमा लाभ हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
चुनौतीका बीच अवसर प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला । श्रम परे पनि कामको मूल्य प्राप्त हुनेछ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय लाग्नेछ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले काममा उत्साह जाग्नेछ । प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अस्वस्थताले काममा बाधा पुग्न सक्छ । कमजोर विकल्प अँगाल्नाले ताकेको मौका गुम्न सक्छ । व्यापार आर्थिक गतिविधिमा मन्दी आउनेछ । अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय लाग्न सक्छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । गुरुजनको मार्गदर्शनले मात्र अध्ययन राम्रो हुनेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]