देश पोष्ट काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठक नयाँ बानेश्वर स्थीत सङ्घीय संसद् भवनमा आज दिउसो चार बजे बस्न लागेको जानकारी प्राप्त भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख रहको छ ।
प्रतिनिधिसभा बैठक भने आज बिहान ११ बजे बस्नेछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]