देश पोष्ट /काठमाण्डौं । आज मिति २०८० जेठ १२ गते, शुक्रवार, २६ मे २०२३ बिश्वकर्मा बाबाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हतारको निर्णयले काम बिग्रन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । आफन्तको सहयोगले काम बनाउन सकिनेछ । व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । साँझतिर स्वास्थ्य कमजोर रहनेछ, खानपानमा सजग रहनुहोला ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कर्मयोगले नयाँ मोड लिनेछ नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । साँझतिर साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला । शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
बौद्धिक क्षमतामा निखारता आउनेछ । बुद्धिको उपयोगले ठूलै काम पनि सम्पादन हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । साँझतिर केही अवसर प्राप्त भए पनि सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । साँझतिर पढाइलेखाइमा राम्रो प्रगति हुनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अरूको विश्वास गर्दा धोका पाइनेछ । बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ । साँझतिर तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
श्रम परे पनि राम्रो परिणाम प्राप्त हुनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ । प्रतिफल हातपार्न केही समय लाग्नेछ । महत्त्वपूर्ण काम बीचमा रोकिन सक्छ । साँझतिर आफ्नो लाभांश अरूका लागि पनि खर्चनुपर्ने हुन सक्छ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा मानसम्मानमा आघात पुग्न सक्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । अरूका काममा धेरै समय खर्चनुपर्ला । विगतका समस्या बल्झिन सक्छन् । साँझतिर व्यवसायमा विशेष फाइदा हुनेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । समुदायको हितमा विशेष काम गर्न सकिनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । साँझतिर नयाँ काम थालनी गर्न सकिनेछ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामान्य काममा धन र श्रम खर्चनुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ । सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
घुमफिर तथा मनोरञ्जनको समय छ । भौतिक साधन बिग्रनाले खर्च बढ्न सक्छ । निम्तो आए पनि आतिथ्य खर्चिलो रहनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला । विवादास्पद काममा हात हाल्दा आलोचित बन्नुपर्ला ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
अप्ठ्यारा परिस्थितिलाई सहज बनाउने समय छ । रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने योजना शुभारम्भ हुनेछ । साँझतिर बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ ।अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसामा राम्रै फाइदा हुनेछ । बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]