देश पोष्ट /काठमाण्डौं । आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने कार्यसूची रहेको छजानकारी प्राप्त भएको छ ।
संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदन संसदमा प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।
मस्यौदा प्रतिवेदनमाथि आएका संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि नियमावली पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
आज दिउँसो प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ । आइतबार दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ ।
आजै राष्ट्रिय सभा बैठक पनि दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]