देश पोष्ट /खोटाङ । १५ औं गणतन्त्र दिवसको अवसरमा खोटाङमा रक्तदान कार्यक्रम गरिएको छ । गणतन्त्र दिवस जिल्ला समारोह समिति खोटाङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको व्यवस्थापनमा दिक्तेलस्थित पुरानो बेसक्याम्पमा रक्तदान कार्यक्रम गरिएको हो ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले रक्तदान गरेर शुरु गरिएको हो।
रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले जानकारी दिए । संकलन गरिएको रगत रक्तसञ्चार केन्द्र दिक्तेलमा रहने मन्त्री बजिमयको भनाइ छ ।
दिवसको पहिलो दिन रक्तदान, दोश्रो दिन सरकारी तथा गैरसरकारी कार्यालय परिषर सरसरफाई, तेश्रो दिन गणतन्त्र शीर्षकमा अन्तरमावि स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेर १५ औं गणतन्त्र दिवश मनाइने भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]