देश पोष्ट/ खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले पीडित पुन:भेटघाट कार्यक्रम सुरु गरेको छ ।
तालुक कोशी प्रदेश प्रहरी विराटनगर को आदेश अनुसार असार १ गतेबाट यस जिल्ला प्रहरी कार्यालय खोटाङ तथा मातहत प्रहरी कार्यालयहरुबाट ” पीडित पुन:भेटघाट कार्यक्रम” -२०८० कार्यक्रम संचालन गरिएको छ ।
पीडितहरुको घरदैलोमा सुचना आदन प्रदान गर्नुका साथै पीडितहरुलाई न्याय अनुभुति दिलाउने उदेश्यका साथ ३४ वटा प्रहरी कार्यालयका प्रमुखको उपस्थिति र ११ जना Focal Officer पीडित सम्पर्क अधिकृतहरु समेत तोकि भेटघाट कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।
जिल्ला स्थित बिभिन्न अपराधका कारण पीडित भएका व्यक्तिहरुलाई भेटघाट गरी व्यक्तिगत सुरक्षा,पिडक पक्षबाट हुने संभावित दवाव-प्रभाव,न्यायिक प्रगति विवरण तथा अपराध पीडित संरक्षण ऐन २०७५,परिच्छेद-२ बमोजिम पीडितले प्राप्त गर्ने विभिन्न अधिकारको जानकारी गराइएको डिएसपी मुकारुङले बताउनुभयो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]