देश पोष्ट/ खोटाङ । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
गत कारोबार दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला दुई सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]