शक्तिको नाप
कुटनीतिक चापमा
अनेकौं बिचारको खेति गर्छन्
प्याथोक्रेसीमा
रणनीतिक बुटी
भान्साको डाडुँ पुन्युँ
दिल्ली “टोन” र अमेरिका “स्केच”
सन्तुलित पार्दै
चीनलाई आँखा संन्काई
रहेछन्
र ती बिचारीहरु भन्दैछन्
आतंकबादी जत्थालाई ‘क्रेडिट’ दिनु हुन्न
========= =========
बिचारी भन्दा ठूला सुडेंवाल/ भुडेंवाल
माहबिचारीहरू भन्दैछन्
‘यो कलिको राज्य हो’
‘यहाँ पापको फलिफाप हुन्छ’
सिमाना अतिक्रमण
तोतेबोलीमा बिमति दर्ज
गति न मतिको ‘हुक’ सिद्धान्त
सबैले यस्तै ‘हेल्मेट’ लगाई रहेछन्
हिन्दु सर्बोच्चताभित्र
मन्त्रीका मान्छे
बहुरुपीया सत्ताको दीर्घायु खातिर
बोक्रे भक्तिको ढोलक बजाईरहेछन्
चौसठ्ठी कलाले निःपुर्ण छन्
दुधले नुहाएका भन्छन्
‘हरेक मानिसभित्र जनावर छिपेको हुन्छ’
माटोलाई देउता बनाउदै
मन्त्रीका मान्छेहरु
बहुधूर्बियताको घेराभित्र
धर्म–सँस्कृति राजनीतिको
‘फल्ट लाईन’ चलाई रहेछन्
तालाचाबी त्रिजटासंग छन्
मन्त्रीका मान्छेहरु
विश्वशान्तिका ढोंग मच्चाइ रहेछन्
भीत्तेचित्रमा उपनिवेश जिँउदैछ
अज्ञेयवादीहरू रसेलको ‘इन्डक्टिनेट’ लाई घृणा नगर
बरु बसन्त क्रान्ति गर
मन्त्रिका मान्छे
बसन्त क्रान्ति गर
हालः टिकाथली ललितपुर
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]