देश पोष्ट/ खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ सिरिसेका ७३ वर्षीय शम्शेर राई आइतबार बिहान मृत फेला परेका छन् ।
घाँस काट्न रुखमा चढ्दा लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
घरमा एक्लै बस्दै आएका राईको शनिबार बेलुकी नै मृत्यु भएको हुन सक्ने वडा अध्यक्ष महेन्द्र राईले बताउनुभयो ।
वृद्ध मृत फेला परेपछि बिहान ८ बजेतिर खबर आएको र घटनास्थलमा पुगी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]