देश पोष्ट /खोटाङ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले जिल्लामै पहिलो पटक निःशुल्क शव वाहन सञ्चालन गर्ने भएको छ ।
बुधबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो।
शव वाहन नभएकोले विभिन्न समयमा सोलुबासीले सास्ती खेप्नुपरेको अवस्थालाई मध्यनजर गर्दै हाल संचालनमा रहेका ४ वटा एम्बुलेन्स मध्ये एउटालाई शव वाहनका रूपमा प्रयोग गर्ने निर्णय गरिएको नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो ।
त्यस्तै, बैठकले गत आर्थिक बर्षमा नगरकार्यपालिका बैठकले गरेका निर्णय कार्यान्वयनको समिक्षा गर्दै करिब ९५ प्रतिशत कार्यान्वयन भएको जनाएको छ ।
अघिल्लो आर्थिक बर्षमा १७२ वटा निर्णय गरेकोमा १६३ वटा निर्णय कार्यान्वयन भइसकेको र ९ वटा कार्यान्वयनको क्रममा रहेको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले जानकारी दिनुभयो।
पछिल्लो समय पशुचौपायमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप र औषधिको थप ब्यबस्था गर्ने निर्णय भएको छ।
बैठकले जनै पुर्णिमामा सोलुदुधकुण्ड नगरपालिका १ दुधकुण्डमा लाग्ने मेला व्यवस्थापनका लागि शान्ति सुरक्षा, स्वास्थ्य शिविर लगायतको आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]