देश पोष्ट /खोटाङ । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा एक सुत्केरीको मृत्यु भएको छ ।
माप्यदुधकोशी गाउँपालिका ३ खास्तापकी सुत्केरी ३१ वर्षीया रुष्मा राईको मृत्यु भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।
बुधबार बेलुका ६ बजेर ४५ मिनेटमा सफल अप्रेसन मार्फत छोरीलाई जन्म दिएकी राईको राती करिब २ बजे मृत्यु भएको हो ।
अप्रेसनमा सङ्लग्न चिकित्सक डा.सुरेन्द्र शाक्यका अनुसार सुत्केरी राईमा एम्नोटिक फ्लुइड इम्बोग्लिजमका कारण फोक्सोमा समस्या आएर मृत्यु भएको बताएका छन् ।
आमाको पेट भित्रै दिशा सेवन गरेका कारण आकस्मिक अप्रेसन मार्फत निकालिएको शिशुको पनि छातीमा समस्या देखिएको डा. शाक्यले बताउनुभयो ।
जिल्ला अस्पताल फाप्लुमा अप्रेसनपछि सुत्केरीको मृत्यु भएको यो पहिलो घटना भएको अस्पताल प्रशासनले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]