देश पोष्ट/ खोटाङ । काठमाडौंबाट म्याग्दीको बेनी आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बुधबार सवा ११ बजेतिर त्रिशुली नदीमा खसेर दुर्घटनामा परेको छ।
प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक मध्ये ६ जना पुरुष र २ जना महिला रहेको प्रहरीको भनाई छ।
धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार ८ जनाको शव फेला परेको छ । उनका अनुसार २३ यात्रु क्षमताको बस भएपनि २५ जना यात्रु सवार रहेको पुष्टि भएको छ। बसमा २५ जना यात्रु रहेको पुष्टि भएको छ। ‘मृतकको पहिचान खुलेको छैन। घाइतेको उपचारका लागि अस्पताल पठाइएको छ।’
२३ सिट क्षमताको यो बस काठमाडौंबाट बिहान ७ बजे २० जना यात्रु लिएर बस हिडेको थियो। जसमा बेनीका ६ जनाले टिकट काटेका थिए। अरु यात्रु पोखरा, पर्वत, बागलुङ लगायतका सहरका थिए।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]