देश पोष्ट /खोटाङ । जिल्लाको जेठो क्याम्पसको रुपमा रहेको दिक्तेल बहुमुखी क्याम्पसका पूर्व विद्यार्थी मञ्चले दिक्तेल बहुमुखी क्याम्पसलाई बिभिन्न किसमिका खेलकुद सामग्री हस्तान्तरण गरेको जनाएको छ ।
मञ्चले पूर्वविद्यार्थीबाट सहयोग उठाएर दुई थान भलिबल, दुई थान फुटबल, एक थान भलिबल नेट, एक थान पम्प सेट, चार थान राकेट, एक थान व्याडमिन्टन नेट, एक थान सटल सेट, पाँच थान चेस बोर्ड, चार थान टेबल टेनिस व्याट र छ थान पिङपङ उपलब्ध गराएको मञ्चका सचिब युबराज रिजालले जानकारी दिनुभएको छ ।
खेल सामग्री हस्तान्तरणका लागि पूर्वविद्यार्थी मञ्चका उपाध्यक्षद्धय राजेन्द्र राई र दानबहादुर राई, सचिव युवराज रिजाल र सदस्य इरन राईले क्याम्पस प्रमुख हीराकुमार राई लाई खेल सामग्री हस्तान्तरण गरेको जनाएको छ ।
मञ्चले यस अघि २०७९ सालको पुसमा पनि क्याम्पसलाई रु २४ हजार ६४१ बराबरको पुस्तक प्रदान गरेको थियो । दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययन गरेर विभिन्न क्षेत्रको जिम्मेवारीमा रहेका पूर्वविद्यार्थीलाई क्याम्पससँग जोडेर बनाइएको मञ्चले क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा हातेमालो गर्दै आएको उपाध्यक्ष राजेन्द्र राईले बताउनु भएको हो ।
वि.सं. २०३७ सालमा त्रिभूवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दिक्तेल बहुमुखी क्याम्पस विश्व विद्यालय अनुदान आयोगले (क्यूएए) प्राप्त गर्ने चरणमा पुगेको छ । क्यूएएका लागि विश्व विद्यालय अनुदान आयोग एजुकेसनल क्वालिटी एसुरेन्स एण्ड एक्रेडिटेसन काउन्सिल पियर रिभ्यु टिमले गत जेठ अन्तिम साता फाइनल एसेसमेन्ट गरिसकेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]