• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 28, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / मुख्य समाचार

के हो कसैलाई पछि नपारौं/नछोडौं परियोजना ?

१६ भाद्र २०८०, शनिबार ०८:०९ मा प्रकाशित (3 हप्ता अघि) अनुमानित पढ्ने समय : ६ मिनेट
देश पोस्ट
  • ८३८ पटक पढिएको
  • देश पोष्ट /खोटाङ । जिल्लामा क्रियाशिल सामाजिक संस्था बाल सेवा समाज नेपाल खोटाङले यु.एन.डी.पी.को आर्थिक सहयोगमा खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा Leave No One Behind (LNOB) कसैलाई पछि नपारौं/नछोडौं परियोजना सञ्चालनमा ल्याएको छ ।

    विश्वमा देखिएको मानवीय जटीलता, वातावरणीय असन्तुलन, सामाजिक आर्थिक चुनौतीहरुलाई ध्यानमा राखी विश्वका १९३ राष्ट्रहरुले विश्वव्यापी समृद्धि, साझेदारीता, र दिगोपनालाई ध्यानमा राखी सन् २०१५ सेक्टेम्बर २५ मा नेपाल सरकारले पनि पक्ष राष्ट्रको रुपमा सन् २०३० सम्ममा १७ वटा विभिन्न दिगो विकासका लक्ष्यहरु हासिल गर्ने प्रतिवद्धता जनाइसकेको छ ।

    नेपाल सरकार पनि उक्त लक्ष्य प्राप्तिमा केन्द्रित भइरहेको सन्दर्भमा खोटाङ खोटाङ जिल्लामा भने संस्था मार्फत उक्त परियोजना कार्यान्वयनमा ल्याइएको परियोजना प्रबन्धक युवराज रिजालको भनाई रहेको छ ।

    दिगो विकास लक्ष्यद्वारा संकल्पित पाँच मुख्य तत्वहरु  विश्वव्यपी शान्ति, समृद्धि, पृथ्वीको रक्षा, साझेदारीता, र मानवको अस्तित्व जोगाउने सन्दर्भमा गरिएको प्रतिवद्धताको कार्यान्वयनमा विश्व नै होमिएको वेला यो परियोजनालाई खोटाङ जिल्लामा सबै पक्षबाट निकै महत्व र चासोका साथ हेरिएको छ ।

    विशेष गरी अति विपन्न घर परिवार, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, एकल महिला, असक्त, असहाय दलित घर परिवार, बञ्चितिकरण, बहिष्करण, हिंसा पिडित र जोखिममा परेका वर्ग र समुदायको न्याय, स्रोत, अवसर, शासन र प्रशासनमा पहुँच स्थापित गर्न सबै सरोकारवालाहरुले निर्वाह गर्नुपर्ने भूमिकाको सन्दर्भलाई लिएर परियोजना कार्यान्वयनमा रहेको परियोजना प्रबन्धक रिजालले बताउनुभयो ।

    नेपाल एक वहुजातीय वहुभाषिक विविधतायुक्त राष्ट्र हो । यो विविधता शासन र प्रशासनमा दुवैमा झल्किन आवश्यक छ । यसका लागि सबै सरोकारवालाहरुले जिम्मेवार र भुमिका निर्वाह गर्न सके मात्र सो कुरा सम्भव हुने ठहरका साथ परियोजना कार्यान्वयनमा ल्याइएको हो ।

    परियोजनाले सामाजिक समावेशीकरणमा जोड दिदैं बञ्चितिकरण र बहिष्करणमा परेका, राज्यद्वारा प्रदत्त हक, अधिकार, सेवा सुविधा र अवसरबाट बञ्चित, राज्यको मुल धारमा समाहित हुन नसकेका, स्रोत साधनबाट पाखा लागेका, पछाडि परेका र पारिएका वर्ग र समुदायको अर्थपूर्ण राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक सहभागिताको पक्षमा वकालत गर्दछ ।

    यस्ता वर्ग र समुदायको न्यायोचित र अर्थपूर्ण सहभागिताको लागि स्थानीय सरकार, राजनीतिक दल, सञ्चारकर्मी तथा आम सरोकारवालाहरुको सहकार्य, समन्वय र सक्रियतामा संयुक्त रुपमा विशेष अभियानहरु नृतृत्वदायि र निर्णायक भुमिकाको अपेक्षा गर्दछ ।
    परियोजना कार्यान्वयन कै क्रममा यस अघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निर्वाचित जनप्रतिनिधीहरु, तथा विभिन्न संघ संस्थामा आवद्ध सरोकारवाहरुलाई परियोजनाको अभिमुखीकरण र सामाजिक समावेशीकरण सम्बन्धी तालिम प्रदान गरिसकेको छ ।

    मिति २०८० भाद्र १५ गतेका दिन खोटाङ जिल्ला स्थित विभिन्न स्थापित सञ्चारगृह तथा एफ.एम. रेडियो र स्थानीय तथा राष्ट्रिय छापा तथा विद्युतीय सञ्चार माध्ययमका १८ जना पत्रकारहरुलाई पनि यस विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    अभिमुखीकरण पश्चात् सहभागीहरुले त्यस्ता वर्ग र समुदायको पक्षमा आफ्नो कलम चलाउने र २ महिना भित्र कम्तीमा प्रति सञ्चारगृह एक एक वटा समाचार प्रकाशन वा प्रसारण गर्ने प्रतिवद्धता सहित कार्ययोजना समेत निर्माण गरिएको छ ।

    कार्यक्रममा नगर प्रमुख तीर्थराज भट्टराईले परियोजना अत्यन्त सान्दर्भिक रहेकाले नगरपालिकाको तर्फबाट सक्दो साथ सहयोग रहने वचनवद्धता व्यक्त गर्नु भएको थियो ।

    परियोजनाले निकट भविष्यमा जिल्ला स्थित राजनीतिक दलका नेतृत्व तहका निर्णायक व्यक्तित्वहरुलाई पनि विविध विषयमा तालिम प्रदान गरिने संस्थाकी अध्यक्ष चन्द्रकला भूजेलले बताउनु भएको छ ।

    परियोजनाले प्रत्यक्ष रुपमा १२० जना र अप्रत्यक्ष रुपमा ३०६ जना त्यस्ता जोखिममा परेका वर्ग र समुदायको लागि काम गर्ने लक्ष्य राखेको छ ।

    परियोजना १ श्रावण २०८० बाट सुरु गरिएको र करीब ५ महिना पौष मसान्त २०८० सम्म कार्यान्वयनमा रहने परियोजना प्रबन्धक युवराज रिजालको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव प्रहरीको नियन्त्रणमा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    नेपालको राजनीतिक अवस्था र दिक्तेल नगरपालिकाको विकास

    दिक्तेलको साक्षत माता मझुवा कालिका भगवतीको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Get associated with like-minded singles searching for fwb relationships

    Find love with all the tg personals app

    what’s an asian hookup?

    ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    शिक्षक आन्दोलन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    सम्बन्धित खबरहरु

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑