देश पोष्ट/ खोटाङ । वैदेशिक रोजगारको लागि क्यानडा पठाइदिने भन्दै प्रलोभनमा पारेर रकम ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
कास्की माछापुच्छ्रे गाउँपालिका–६ का ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरी राजविराज नगरपालिका–४ का ३५ वर्षीय महावीरप्रसाद साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमार्फत आकर्षक तलब सुविधाको प्रलोभनमा पारेर ठगी गरेको आरोप छ ।
उनीहरुले क्यानडाको वर्क परमिट भिसा पाइने भन्दै सामाजिक सञ्जालमा नक्कली विज्ञापन पोस्ट गरी सम्पर्कमा आएका व्यक्तिलाई क्यासियरको काम लगाइदिने भन्दै पीडितहरुबाट ३४ लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।
उनीहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]