• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 28, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

जिल्ला अस्पतालको विषयलाई लिएर चौतर्फी आलोचना भए पछि”नागरिक संवाद”  आयोजना,१३ बुदे साझा समझदारी

१९ भाद्र २०८०, मंगलवार १५:४० मा प्रकाशित (3 हप्ता अघि) अनुमानित पढ्ने समय : ५ मिनेट
देश पोस्ट
  • १५८ पटक पढिएको
  • देश पोष्ट /खोटाङ । खोटाङको जिल्ला अस्पतालको विषयलाई लिएर चौतर्फी आलोचना भए पछि सोमबार जिल्ला समन्वय समितिको आयोजना र बालसेवा समाज नेर्पाको सहआयोजनामा समन्वय समितिको सभा हलमा जिल्ला अस्पतालको जनसरोकारको विषयमा  “नागरिक संवाद” कार्यक्रम आयोजना गरिएको छ ।

    “नागरिक संवाद” कार्यक्रममा उपस्थिति नागरिकहरुले अस्पतालको सेवा,सुबिधा, कामकाज माथी प्रश्न चिन्ह उठाएका छन् ।

    नागरिकहरुले अस्पतालको सरसफाइ नभएको, शौचालय दुर्गन्धित भएको, निशुल्क औषधि बाड्ने मान्छे नभेटिएको र निशुल्क रुपमा प्राप्त हुने औषधि उपलब्ध नभएको , औजार,उपकरण र मेशिन गुणस्तरीय नभएको ,स्वास्थ्य बिमामा ११३३ प्रकारका औषधि परेनी बिमा बमोजिमको औषधि नपाइएको, निशुल्क गर्भवती जाँच कार्यक्रममा अनियमितताको विषयमा छानविन नभएको र अस्पतालले दिन सक्ने सेवाको वडापत्र राखिनु पर्ने जस्ता प्रश्न खडा  गरेका छन् ।

    अस्पतालमा कुनै किसिमको राजनीति नहुने र यदि राजनीतिक भएको हो भने जुनसुकै कार्बाही गर्न पछि नहट्ने, बिरामी तथा अस्पतालका कर्मचारी ,नर्सहरुलाइ काउन्सिलिङ गर्ने दक्षजनशक्ति राख्न र  सबै पार्टीको तर्फबाट गर्न सक्ने सक्दो सहयोगमा पछि नहट्ने राजनीतिक दलका नेताहरुले बताएका छन् ।

    त्यस्तै, मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङकि प्रमुख उपसचिव गिता दाहालले अस्पतालको विषयमा जिल्ला समन्वय समिति, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा समेत पत्राचार गरिएको बताउदै समस्यालाई चाडो सुल्झाउनु पर्ने बताइन् ।

    यता, जिल्ला समन्वय समितिका प्रमुख साथै अस्पताल संचालन तथा  व्यवस्थापन समिति समितिका अध्यक्ष सन बहादुर राईले भौतिक संरचना अभाव र जनशक्तिको अभाबले भने जस्तो सेवा नागरिकलाई दिन नसकेको कुरा स्वीकार गरेका छन् ।  भौतिक संरचना द्रुत गतिमा निर्माण भैरहेको र दक्षजनशक्ति समेत ल्याइने अध्यक्ष राईको भनाइ रहेको छ ।
    त्यस्तै ,नागरिक सम्वादमा उठेका प्रश्नको जवाफ दिदै बिरामि रिफरलाई डाक्टरले दुख दियो भनेर बुझिदिनुभएन, सुरक्षित उपचारमा पठाइएको बुझ्दिन एमडिजिपी डाक्टर चतुरानन्द यादवले आग्रह गरेका छन् ।

    “नागरिक संवाद”  मा १३ बुदे साझा समझदारी भएका छन् :

    १,जिल्ला अस्पताल खोटाङमा १ महिना भित्र MBBS स्थायी रुपमा डाक्टर व्यवस्थापन गर्न राजनीतिक दल, जिल्ला प्रसाशन, नगरपालिका तथा अस्पताल व्यवस्थापन समितिले नेतृत्वदायि र उपलब्धीमूलक भूमिका निर्वाह गर्ने ।
    २,अस्पताल परिसर तथा इमर्जेन्सी आसपासमा आपतकालिन सौचालय निर्माण गर्ने र हालका सौचालय, भवनहरु सरसफाई गर्ने, गराउने ।
    ३,विरामी काउन्सेलिङका लागि काउन्सिलरको व्यवस्था गर्ने ।
    ४,अस्पताल व्यवस्थापन समितिको बैठक बसी आवश्यकीय मेसिन औजार उपकारणको लिष्ट तयार गरी सामान्य उपचारका लागि पनि अभाव भएका त्यस्ता औजार उपकारणको मर्मत, व्यवस्थापन तथा प्रबन्ध गर्ने ।
    ५,जेष्ठ नागरिक तथा अपांगा भएका व्यक्ति असक्त महिला र असहायहरुलाई उपचारमा प्राथमिकता दिने तथा बस्ने स्थानको उचित प्रबन्ध गर्ने ।
    ६,निशूल्क तथा बीमा बमोजिमको औषधीको प्रबन्ध गर्ने । व्यवस्थापन समिति तथा सरोकारवालाहरुले सशक्त भुमिका खेल्ले ।
    ७,नागरिक बडापत्र र निशूल्क औषधीको लिष्ट टिकेट काउन्टर नजिक बुझिने भाषमा देखिने गरी राख्ने ।
    ८,विगतको अस्पतालमा भएको भ्रष्टाचार सम्बन्धी सवालहरुलाई निष्कर्षमा पुर्‍याउने ।
    ९,बिमाको प्रभावकारी कार्यान्वयनका लागि अस्पताल प्रशासन र अस्पताल विकास समितिले विशेष ध्यान दिने ।
    १०,राष्ट्रिय मानव अधिकार आयोगले अनुगमनको क्रमममा औंलाएका सुझावहरुलाई कार्यान्वयन गर्ने ।
    ११, स्तनपान तथा सहायता कक्षको प्रबन्ध गर्ने ।
    १२,दिर्घकालिन रुपमा सम्बोधन गर्नुपर्ने अन्य विषयमा पुनः सरोकारवालाहरुबीचमा बसेर योजना निर्माण गरी कार्यान्वयनमा जाने ।
    १३,निर्माणधिन पूर्बधार संरचना अझ बढी अपांग र सेवाग्राही मैत्री बनाउने र निर्माण कार्य चाडो सम्पन्न गर्न ताकेता गर्ने ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव प्रहरीको नियन्त्रणमा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    नेपालको राजनीतिक अवस्था र दिक्तेल नगरपालिकाको विकास

    दिक्तेलको साक्षत माता मझुवा कालिका भगवतीको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Get associated with like-minded singles searching for fwb relationships

    Find love with all the tg personals app

    what’s an asian hookup?

    ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    शिक्षक आन्दोलन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    सम्बन्धित खबरहरु

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑