देश पोष्ट /खोटाङ । ओखलढुङ्गामा छिमेकीकाे हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका तिलकबहादुर कटुवाललाई ८३ वर्षकै सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुवै जनाबीच बुधवार बिहान सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कँदै गरेका अधिकारीलाई कटुवालले धकेल्दा लडेर घाइते भएका थिए ।
घाइते भएका अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा उहाँलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
कटुवाललाई हिजाे बेलुका पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]