देश पोष्ट खोटाङ । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको मृत्यु भएको छ ।आज (बिहीबार) बिहान उपचारका क्रममा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका हो ।
वडाध्यक्ष रिजालको निमोनियाका कारण निधन भएको हो । १७ भदौमा उपचारका लागि ग्रान्डी अस्पताल भर्ना भएका रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भएको थियो । उनको बिहीबार बिहान ७ बजेर ३० मिनेट जाँदा निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद विजुक्छेले जानकारी दिएका छन् ।
पार्थिव शरीरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) ले महानगरको झण्डा ओढाएका छन् ।
आज (बिहीबार) बिहान उपचारका क्रममा ग्रान्डी अन्तरास्ट्रिय अस्पतालमा निधन भएका रिजालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिँदै मेयर बालेनले महानगरको झण्डा ओढाएका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]