देश पोष्ट /खोटाङ । उदयपुरबाट बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराहक्षेत्र नगरपालिका-२ बस्ने ३१ वर्षीय राजेश तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई उदयपुर बेलका नगरपालिका-८ धोपास्थित पाखा बारीमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]