देश पोष्ट /काठमाण्डौं । आज मिति २०८० भदौ २४ गते, आइतवार, १० सेप्टेम्बर २०२३ सुर्यदेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भौतिक साधन जुटाउन सकिनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् । पेसा–व्यवसायमा फाइदा हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । दिउँसोदेखि आफ्नै समस्याले काम रोकिन सक्छ । साथीभाइ टाढिनाले एक्लोपना अनुभूति हुनेछ ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ । कृषिकर्म र व्यावसायिक काममा लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुने ग्रहयोग छ । रोकिएको काम बन्नेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । साँझतिर बजार निस्कँदा अधिक खर्च हुन सक्छ । सोखले अनावश्यक किनमेलमा खर्च बढाउनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा केही असमझदारी देखिएला । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ । रोकिएको काम बन्नेछ । जिम्मेवारी पनि बढ्नेछ । दिउँसोदेखि अवसरका लागि दौडधुप गर्नुपर्ला । व्यवसायमा थप लगानी आवश्यक पर्नेछ । भैपरी आउने समस्याले खर्च बढ्नेछ भने खर्च गर्ने बानीले सञ्चित रकम सकिनेछ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन् । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ । रोकिएका काम सम्पादन हुनेछन् । समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ । ईर्ष्यालु मन भएकाहरूले सताउनेछन् । अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ । हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् भने बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । दिउँसोदेखि स्थिति अनुकूल बन्दै जानेछ । श्रम परे पनि लगनशीलताले केही उपलब्धि दिलाउन सक्छ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफन्तजनसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला । लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ । दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । दिउँसोदेखि विभिन्न अवसरले पछ्याउनेछन् । रमाइलो व्यापारिक यात्रा हुनेछ । आकर्षक उपहारले काममा उत्साह जगाउनेछ । ज्ञान, कला र व्यक्तित्वमा पनि निखारता आउनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
विभिन्न सहयोग र उपहार पाइनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । आफन्तको सहयोग जुट्नाले कामबाट फुर्सद पाइनेछ । दिउँसोदेखि नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अस्वस्थताले कमजोरी अनुभूति हुनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूको फाइदाका लागि उपयोग भइनेछ । परिस्थिति प्रतिकूल रहनेछ । आफ्नैले धोका दिन सक्छन् । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । दिउँसोदेखि स्थितिमा सुधार आउनाले समस्या सुल्झाउन सकिनेछ । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा प्रगति हुनेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]