देश पोष्ट /काठमाण्डौं । नेकपा (एमाले) खोटाङ–काठमाडौं सम्पर्क मञ्चद्धारा नेपाली महिलाहरूको महान चाड हरितालिका तीज बिशेष सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको जनायको छ ।
साँस्कृतिक रुपमा महिलाहरुले माइती तथा साथी संगिनी संग भेटेर दर खानु संगै भावना साटासाट गर्ने दुःख सुखका बात गर्ने र गाउने,नाच्ने मान्यतालाई जिल्ला भन्दा बाहिर रहेर बिभिन्न हिषाबले बसोबास गर्दै आएका आम खोटङ्गे र गैह्र खोटङ्गे लाई माइतीको रुपमा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्च ले दर ख्वाउने कार्यक्रम आयोजना गरेको सम्पर्क मञ्चका अध्यक्ष नबराज रोकाले जानकारी दिनुभयो ।
मञ्चकी उपाध्यक्ष प्रतिमा बिष्ट अध्यक्षतामा धुम्बराही स्थीत लर्ड भैन्यू पार्टी प्यालेसमा हिजो सम्पन्न कार्यक्रममा नेकपा एमालेकी केन्दीय उपाध्यक्ष तथा पुर्ब बागमती प्रदेस मुख्य मन्त्री अष्टलक्ष्मी शाक्य केन्द्रीय सदस्य तथा पुर्ब कोशी प्रदेश सामाजिक बिकास मन्त्री उषाकला राई केन्द्रीय सदस्य रमेश पौडेल,सम्पर्क समन्वय कमिटी सचिवालय सदस्य तथा खोटाङ काठमाडौ सम्पर्क मन्च ईन्चार्ज सुरेन्द्र बोगटी ,कोशी प्रदेश पाटी सदस्य प्रभात बिक्रम कटुवाल ,अनेम संघ केन्द्रीय सचिब तथा जिल्ला कमिटी खोटाको सचिवालय सदस्य बिणादेबी राई. जि क सचिवालय सदस्य क.गोपिकृष्ण खडका ,कमल ढकाल, कबिता राई मंच इन्चार्ज मतृका भट्टराई ,लगायत प्रदेश स्तरीय नेताहरुको उपस्थीती रहेको कार्यक्रमकी संयोजक प्रतिमा बिष्टको भनाई रहेको छ ।
जिल्लाबाट काठमाण्डौंमा आयर बिभिन्न हिषाबले बसोबास गर्दै आएका बिभिन्न जातजाती अनुसार मनाईने चाडपर्बहरु सामुहिक रुपमा मनाईने चलन अनुसार नेपाली महिलाहरुले मनाउने हरितालिका तिज बार्षिक रुपमा मनाइदै आएकोमा यो बर्ष पनि ३५० जना भन्दा बढीको उपस्थीतीमा कार्यक्रम सम्पन्न गरिएको मञ्चका अध्यक्ष रोकाले जानकारी दिनुभयो ।
नेपाल बहु भाषिक,बहु धार्मिक,बहु साँस्कृतिक मुलुक, पछिल्लो तथ्याङ्क अनुसार १४२ जातजाती १२३ भाषाभाषि भएको मुलुक भएकाले संस्कार र साँस्कृतिको रुपमा धनी मुलुक, अबिछिन्न नेपाल भएकाले सबैको जात धर्म र संस्कार अनुसारको चाडपर्बमा सबैको स्वीकार्यता र सदासयता दुःख सुख साटासाट गर्ने आधार स्तम्भको रुपमा सम्पर्क मञ्चको यस्ता किसिमका गतिविधि भएको प्रमूख अतिथी अष्टलक्ष्मी शाक्यले बताउनुभयो ।
कार्यक्रममा बिशेष अतिथी तथा पार्टीको केन्द्रीय सदस्य एबं कोशी प्रदेश पुर्व सामाजिक विकास मन्त्री उषाकला राईले साँस्कृतिक एकता नै नेपालीहरुको पहिचान भएकाले हरेक जातजाती अनुसारका संस्कार र सँस्कृतिमा सबैको एक्यबद्धता र सम्मान नै हामीले खोजेको उन्नत लोकतन्त्रको उदाहरण भएको बताउनु भएको छ ।
मञ्चले दुःख,सुख सद्भाव साटासाट गर्नका लागि दशै,तिहार,छठ,उभौंली,उद्यौली,होली लगायतका नेपालीहरुले मनाउने बिभिन्न चाडपर्वहरु सामुहिक रुपमा मनाउदै आएको र आगामी दिनमा समेत निरन्तरता दिइने मञ्चका अध्यक्ष नवराज रोकाले जानकारी दिनुभयो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]